देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण
सारांश
- १३ असोज, काठमाडौं ।
- केही शंकास्पद वस्तु भेटिनसक्ने सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कांग्रेस सभापति शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरसहित केही स्थानमा छापा मारेको छ ।
- आइतबार दिउँसो उपत्यकाका विभिन्न ४/५ वटा ठाउँमा सीआईबीले छापामा मारेको हो ।
१३ असोज, काठमाडौं ।
केही शंकास्पद वस्तु भेटिनसक्ने सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कांग्रेस सभापति शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरसहित केही स्थानमा छापा मारेको छ । आइतबार दिउँसो उपत्यकाका विभिन्न ४/५ वटा ठाउँमा सीआईबीले छापामा मारेको हो । सीआईबीका एआईजी मनोज केसीका अनुसार, अनुसन्धानका केही सूचनाहरू पाइएपछि केही घरमा खानतलासी गरिएको हो । सो क्रममा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइसमेत रहेका राणाको घरमा पनि छापा मारेको हो । हिजो हामीले ४–५ वटा ठाउँमा छापा मारेका थियौं । केही भेटिने सूचना पाएपछि छापा मारिएको हो,’ केसीले भने । कुन कुन ठाउँमा छापा मारेको भन्ने सबै प्रहरीले खुलाएको छैन ।


प्रतिक्रिया