प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर १९, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १९ मंसिर, काठमाडौं ।
  • आसन्न निर्वाचनको विषयमा छलफल गर्न आज सर्वपक्षीय बैठक बस्दै छ ।
  • प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको हो ।

१९ मंसिर, काठमाडौं ।

आसन्न निर्वाचनको विषयमा छलफल गर्न आज सर्वपक्षीय बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको हो । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न चार बजे बोलाइएको छ । बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई आमन्त्रण गरिएको छ । राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते र प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ: मन्त्री खरेल
धुलिखेल खावा सडकमा लफडा, स्थानीयद्वारा बाटो बन्द
मलेसियामा विद्यार्थी बोकेको बस दुर्घटना , १५ विद्यार्थीको मृ*त्यु
तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छ : जीतजङ्ग बस्नेत
मुलुक परिवर्तन अपरिहार्य छ : सांसद विश्वराज पोखरेल
वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक
‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’
एनपीएलको पहिलो खेलको टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने