मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ: मन्त्री खरेल

nepaltathya_news nepaltathya_news
|
आइतबार, कार्तिक २३, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २३ कार्तिक, काठमाडौं ।
  •    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आमसञ्चारका माध्यमहरुमध्ये मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको बताएका छन् ।
  • सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव एंव सार्वजनिक सेवा प्रसारण तथा एन टिभी वल्र्डको औपचारिक शुभारम्भ कार्यक्रममा उनले सामाजिक सञ्जालको पछिल्लो समयको दबदबा र प्रभावको बीचमा आमसञ्चारका माध्यमहरु खुम्चिएर सकस र संघर्षपूर्ण तरिकाले चल्नुपरेको बताए ।

२३ कार्तिक, काठमाडौं ।  

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आमसञ्चारका माध्यमहरुमध्ये मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको बताएका छन् । सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव एंव सार्वजनिक सेवा प्रसारण तथा एन टिभी वल्र्डको औपचारिक शुभारम्भ कार्यक्रममा उनले सामाजिक सञ्जालको पछिल्लो समयको दबदबा र प्रभावको बीचमा आमसञ्चारका माध्यमहरु खुम्चिएर सकस र संघर्षपूर्ण तरिकाले चल्नुपरेको बताए । उनले भने, ‘सामाजिक सञ्जालको पछिल्लो समयको दबदबा र प्रभावको बीचमा खुम्चिएर सकस र संघर्षपूर्ण तरिकाले आमसञ्चारका माध्यमहरु मूलधारका मिडियाहरु चल्नु परेको अवस्था छ ।

यस्तो चौनौतिका बीचमा पनि एन टिभी वल्र्ड सार्वजनिक भएको छ । यसमा कम चुनौती छ भन्ने म मान्दिन् ।’ यस्तै, उनले अलिहेको अवस्था पहिलाभन्दा फरक रहेको भन्दै अब पनि भित्तामा राखेको टेलिभिजनमा मात्र कार्यक्रमहरु देखाउने हो भने इतिहासमा मात्रै सिमित रहने बताए ।  उनले भने, ‘अलिहेको अवस्था पहिलाभन्दा धेरै फरक भइसकेको छ । भित्तामा राखेको टेलिभिजनमा मात्रै हाम्रा कार्यक्रम र समाचारहरु आउने हो भने रेडियो नेपाल र नेपाल टेलिभिजन इतिहास मात्र बन्छ । तर हामी आम सञ्चारको भविष्य र वर्तमान बन्नुछ । त्यसकारण अब हामी मोबाइलमा पनि आउनुपर्यो ।

’ नेपालका आमसञ्चार माध्यमहरु रेडियो, टेलिभिजन संकटग्रस्त अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा एनटिभि वल्ड खोलेर मात्र हुँदैन् ग्राहकहरु पनि तान्न सक्नु पर्ने पनि उनको भनाई छ । उनले भने, ‘नेपालका आम सञ्चार माध्यमहरु रेडियो, टेलिभिजन संकटग्रस्त अवस्थामा रहेका छन् । यीनै संकटग्रस्त अवस्थामा एन टिभी वल्र्ड खोलेर मात्र हुदैँन् । ग्राहकहरु पनि आउनुपर्ने हुन्छ । अब हाम्रो लागि चुनौतीको विषय नै यही हो ।’ साथै, उनले रेडियो नेपाल र नेपाल टेलिभिजिनले गर्विलो विरासत र इतिहास कायम गर्न सफल भएको भन्दै यी दुवै संस्था अहिले सार्वजनिक सेवा प्रसारणको एउटा छाताभित्र आउनु गर्वको कुरा भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?