मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

nepaltathya_news nepaltathya_news
|
बिहिबार, मंसिर ११, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ११ मंसिर, काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीबाट मधेश प्रदेश सभा सदस्य बनेकी कञ्चन विच्छालाई पार्टी साधारण सदस्यबाट निलम्बन गरेको छ ।
  • बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय अनुशासन समितिको सिफारिस अनुसार विच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

११ मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीबाट मधेश प्रदेश सभा सदस्य बनेकी कञ्चन विच्छालाई पार्टी साधारण सदस्यबाट निलम्बन गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय अनुशासन समितिको सिफारिस अनुसार विच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

पार्टीको निर्देशन अवज्ञा गर्ने कार्यमा संलग्न विच्छालाई मधेश प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले ८ मंसिरमा विच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए । यसैगरी मुख्यमन्त्री यादवले नेकपा एमालेबाट लखन दासलाई ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय र नेपाल संघीय समाजवादी पार्टीकी बिमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए । मुख्यमन्त्री यादवले तीनै जनालाई २४ कात्तिकमा विना विभागीय मन्त्री बनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले बैठकमा मानन्धरले मागे ओलीको राजीनामा
प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण
झापा र चितवनमा पेट्रोलियम पाइपलाइन विस्तार
आजको मौसम : कोशी प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना
कांग्रेसको पदाधिकारी बैठक जारी
उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज, कुलमानले सम्बोधन गर्ने
पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले गर्‍यो अश्रुग्याँस प्रहार
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने
सुडानद्वारा २०२४ मा ६४.४ टन सुन उत्पादन