रातो मसी छ्याप्ने गतिविधि लोकतन्त्रको उपहास हो : महेश बस्नेत

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर ७, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • ७ मंसिर, काठमाडौं ।
  • नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले अलोकतान्त्रिक सरकारले पक्षपोषण गरेकाहरू अलोकतान्त्रिक र अराजनीतिक गतिविधिमा सक्रिय रहेको बताएका छन् ।
  • सुनसरीमा आयोजति युवा संघको कोशी जागरणसभामा सहभागी हुन त्यसतर्फ गइरहेका बेला सुनसरीमा दुई युवाले उनको गाडी रोकेर बेलुनमा भरिएको रातो छ्यापेको विषयमा प्रतिक्रिया दिँदै बस्नेतले यस्तो बताएका हुन् ।

७ मंसिर, काठमाडौं ।

नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले अलोकतान्त्रिक सरकारले पक्षपोषण गरेकाहरू अलोकतान्त्रिक र अराजनीतिक गतिविधिमा सक्रिय रहेको बताएका छन् । सुनसरीमा आयोजति युवा संघको कोशी जागरणसभामा सहभागी हुन त्यसतर्फ गइरहेका बेला सुनसरीमा दुई युवाले उनको गाडी रोकेर बेलुनमा भरिएको रातो छ्यापेको विषयमा प्रतिक्रिया दिँदै बस्नेतले यस्तो बताएका हुन् । ‘सरकार अलोकतान्त्रिक भएकाले यिनीले पक्षपोषण गरेका मान्छे पनि अलोकतात्रिक र अराजनीतिक गतिविधिमा नै लागेकै छन्,’ उनले भने, ‘यस्तो गतिविधि लोकतन्त्रको उपहास हो ।’ बस्नेतले शान्तिपूर्ण रूपमा राजनीतिक गतिविधि गर्न सबैले पाउने भन्दै फरक विचार भए शान्तिपूर्ण कार्यक्रम गरेर व्यक्त गर्नुपर्ने बताए ।

‘हाम्रो विरोधमा भाषण गर, नारा लगाऊ । ढुंगा हान्ने, बाटो छेक्ने काम राम्रो होइन । केही कुरा छन् भने शान्तिपूर्ण कार्यक्रम गरेर राखे भयो नि,’ बस्नेतले थपे, ‘ आज हामीले कार्यक्रम गर्दैछौं । विरोध नै गर्न मन भए भोलि त्यही ठाउँका शान्तिपूर्ण रूपमा अर्को सभा गरेर विरोध गरे भयो। ढुंगा हान्नुपर्दैन।’ २३, २४ भदौको आन्दोलन यता जेन–जी युवाप्रति आक्रामक सुनिँदै आएका बस्नेतले पञ्चायतका, शाहीकाल र माओवादीकाल समेत समाना गरेर आएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?