आप्रवासीलाई निर्बाध डिर्पोट गर्न अनुमति माग्दै सर्वोच्च पुगे ट्रम्प

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र १६, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १६ चैत, काठमाडौं ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीहरूलाई कुनै कानुनी सुनुवाइबिना नै डिर्पोट गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत पुगेका छन् ।
  • ट्रम्पले यसअघि संघीय अदालतले जारी गरेको अस्थायी न्यायिक आदेश उल्ट्याउन र आप्रवासी निष्कासन प्रक्रिया सहज बनाउन अनुमति दिन माग गर्दै अदालतमा निवदेन दिएका हुन् ।

 

१६ चैत, काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीहरूलाई कुनै कानुनी सुनुवाइबिना नै डिर्पोट गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत पुगेका छन् । ट्रम्पले यसअघि संघीय अदालतले जारी गरेको अस्थायी न्यायिक आदेश उल्ट्याउन र आप्रवासी निष्कासन प्रक्रिया सहज बनाउन अनुमति दिन माग गर्दै अदालतमा निवदेन दिएका हुन् ।

ट्रम्प भेनेजुएलाका झन्डै ३०० आप्रवासीलाई एल साल्भाडोरस्थित एक ठूलो जेलमा पठाएपछि थप कानुनी अड्चन फुकाउन अदालत पुगेका हुन् । निवेदनमा राष्ट्रपति र राष्ट्रिय सुरक्षासँग सम्बन्धित मामिलामा उनीसँग व्यापक अधिकार रहेको दाबी गरिएको छ। तर, यसअघि अमेरिकी डिस्ट्रिक्ट जज जेम्स बोआसबर्गले मार्च १५ मा लगाएको अस्थायी प्रतिबन्धलाई संघीय अपिल अदालतले बुधबार कायम राखेको थियो। ट्रम्प प्रशासनले आप्रवासी निष्कासनलाई जायज ठहर्‍याउन सन् १७९८ को एलियन एनेमीज ऐनको प्रयोग गरिरहेको छ।

यो कानुन द्वितीय विश्वयुद्धका बेला जापानी नागरिकहरूलाई लक्षित गर्न पनि प्रयोग गरिएको थियो । सर्वोच्च अदालत अहिले ट्रम्पको कार्यकालमा नियुक्त भएका तीन रूढिवादी न्यायाधीशहरूको प्रभावमा रहेको छ। तर ती न्यायाधीशहरूले ट्रम्पको कानुनी रणनीति र आप्रवासी निष्कासनसम्बन्धी अपारदर्शी नीतिलाई कत्तिको समर्थन गर्नेछन् भन्ने विषय भने अझै अनिश्चित छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?