पावरप्लेमा बिना कुनै विकेटको क्षतिमा कर्णालीले बनायो ५१ रन

nepaltathya_news nepaltathya_news
|
मंगलबार, मंसिर २, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • २ मंसिर, काठमाडौं ।
  • नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पावरप्लेमा ५१ रन बनाएको छ।
  • किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा मंगलबारको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले पावरप्लेमा बिना कुनै विकेटको क्षतिमा ५१ रन बनाएको हो।

२ मंसिर, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पावरप्लेमा ५१ रन बनाएको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा मंगलबारको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले पावरप्लेमा बिना कुनै विकेटको क्षतिमा ५१ रन बनाएको हो। कर्णालीका ओपनर प्रियांक पञ्चाल ३६ र म्यासवेल ओ डोउड १५ रनमा अविजित खेलिरहेका छन्।

चितवन राइनोजको आजको प्लेइङ ११
कुशल मल्ल(कप्तान), रिजन ढकाल, अर्जुन साउद, देव खनाल, दीपक बोहोरा, विपिन आचार्य, कमल सिंह ऐरी, डेविड मलान, रवि बोपारा, सैफ जैब, सोहिल तान्भिर

कर्णाली याक्सको आजको प्लेइङ ११
सोमपाल कामी(कप्तान), पवन सर्राफ, अर्जुन घर्ती,  नन्दन यादव, युनिस विक्रम सिंह ठकुरी, युवराज खत्री, गुल्सन झा, मार्क वाट, म्याक्सवेल ओ डोउड, नजीबुल्ला जद्रान, प्रियांक पञ्चाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?