पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै

nepaltathya_news nepaltathya_news
|
मंगलबार, मंसिर २, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २ मंसिर, काठमाडौं ।
  •   पशुपतिनाथको मणि मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको प्रदर्शन गरिँदै छ ।
  • पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना आदि सामग्री सर्वसाधारणलाई देखाउने परम्परा छ ।

२ मंसिर, काठमाडौं । 

पशुपतिनाथको मणि मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको प्रदर्शन गरिँदै छ । पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना आदि सामग्री सर्वसाधारणलाई देखाउने परम्परा छ ।

यही परम्पराअनुसार आज बिहान १० बजेदेखि ११ः३० बजेसम्म सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाउन लागिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । त्यसैगरी, मार्गशीर्ष कृष्ण आमावास्याका दिन मंसिर ४ गते बिहीबार बिहान ९ बजेदेखि ११ः४५ बजेसम्म पनि सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाइने उनले बताए । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन विगत एक वर्ष सुरक्षित रूपमा यी सामग्री राखिएको र मार्गशीर्ष कृष्ण आमावास्याका दिन आगामी एक वर्ष यी सामग्री सुरक्षित रूपमा राखिन्छ भनी यी सामग्री देखाउने परम्परा रहिआएको कोषले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?