जय ट्रफीमा मधेश जितविहीन, अन्तिम खेलमा आर्मीको सहज जित

nepaltathya_news nepaltathya_news
|
आइतबार, पौष २८, २०८१
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   २८ पुस, काठमाडौं ।
  • जय ट्रफी एलिट कप अन्तर्गत समूह चरणको पाँचौं खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशमाथि सहज जित हासिल गरेको छ ।
  • दोस्रो दिनको दोस्रो सेसनमै खेल सकिँदा आर्मीले ८ विकेटको जित हात पारेको हो ।

 

२८ पुस, काठमाडौं । जय ट्रफी एलिट कप अन्तर्गत समूह चरणको पाँचौं खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशमाथि सहज जित हासिल गरेको छ । दोस्रो दिनको दोस्रो सेसनमै खेल सकिँदा आर्मीले ८ विकेटको जित हात पारेको हो ।

वीरगञ्‍जमा भएको खेलमा मधेशले दिएको २८ रनको लक्ष्य आर्मीले ६ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । पहिलो इनिङमा सस्तैमा समेटिएर फलोअनमा परेको मधेशले दोस्रो इनिङमा आर्मीविरूद्ध १५० रनमा अलआउट भएर २७ रनको सामान्य अग्रता बनाउँदै २८ रनको लक्ष्य दिएको थियो । मयन यादवले सर्वाधिक ४९ रन बनाएर आउट भएका थिए भने कप्तान हरिशंकर साह १४२ बल खेल्दै क्रिजमा टिकेर २५ रन बनाए ।

आर्मीका बसिर अहमदले ४ विकेट लिँदा साहब आलमले ३ तथा आकाश चन्दले २ विकेट लिए । त्यसअघि पहिलो इनिङमा आर्मीले २२५-९ को अवस्थामा इनिङ घोषणा गरेको थियो भने जवाफमा मधेश १०२ रनमा समेटिएपछि फलो-अनमा परेको थियो । यस खेलमा विजयी भएसँगै आर्मीले फाइनलमा स्थान बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छठ पर्व आजदेखि सुरु, पहिलो दिन आज ‘नहाय, खाय’
धनुषामा शान्ति सुरक्षा मजबुत बनाएको भन्दै प्रहरी निरीक्षक यादव सम्मानित
पोर्चुगलका पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता
खेलमा सफलता पाउन खेलाडीलाई सोसल मिडियाबाट टाढा राख्नु जरुरी छः गौतम गम्भीर
नेप्से बढेर २५९१.५६ बिन्दुमा, ५ अर्बको कारोबार
यस्तो छ तपाइको आजको राशिफल
रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै गगन थापा
नागार्जुन -७ की वडासचिव केसी झुण्डिएको अवस्थामा मृत फेला
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
अस्पतालबाट जेनजीहरु भन्छन् : हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को आन्दोलन