राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब, तरलता व्यवस्थापनका लागि खर्चियो ९ अर्ब

nepaltathya_news nepaltathya_news
|
सोमबार, मंसिर १, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १ मंसिर, काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८० अर्ब ४८ करोड रुपैयाँ खुद आम्दानी गरेको छ ।
  • बैंकमा विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक सुधार आएसँगै खुद आय पनि बढेको हो ।

१ मंसिर, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८० अर्ब ४८ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । बैंकमा विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक सुधार आएसँगै खुद आय पनि बढेको हो । राष्ट्र बैंकले विदेशी मुद्रा लगानीमार्फत आम्दानी गर्छ । विदेशी मुद्रालाई नेपालभन्दा बाहिर सरकार तथा अरु केन्द्रीय बैंकका वित्तीय औजारहरूमा लगानी गर्छ । विदेशी विनिमय सञ्चितिको अवस्थाले राष्ट्र बैंकको आम्दानीलाई प्रभावित बनाउँछ । पछिल्लो समय रेमिट्यान्समा आएको उच्च वृद्धि तथा आन्तरिक अर्थतन्त्र सुस्त हुँदा केन्द्रीय बैंकमा विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रहँदै आएको छ । चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङ्कअनुसार कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब रुपैयाँ बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्षको कमाइ अघिल्लो आर्थिक वर्षको तुलनामा ९.११ प्रतिशतले धेरै हो । राष्ट्र बैंकले उक्त खुद आयलाई विभिन्न कोषमा छुट्याएपछि ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता गुरु पौडेलले बताए । केन्द्रीय बैंकले सरकारलाई उपलब्ध गराउने उक्त रकम अघिल्लो आवको तुलनामा ५ अर्बले धेरै हो । आर्थिक २०८०/८१ मा बैंकले ३७ अर्ब २२ करोड रुपैयाँ सरकारलाई उपलब्ध गराएको थियो । पौडेलका अनुसार केन्द्रीय बैंकले आम्दानी गर्ने मुख्य स्रोत भनेको विदेशी मुद्राको लगानी हो । साथै वित्तीय प्रणालीमा तरलता संकुचन भएको अवस्थामा तरलता व्यवस्थापनबाट पनि केन्द्रीय बैंकलाई आम्दानी हुन्छ ।

पछिल्ला वर्ष अधिक तरलताका कारण राष्ट्र बैंकले ठूलै रकम खर्च गरेर तरलता व्यवस्थापन गर्दै आएको छ । गत वर्ष करिब ९ अर्ब रुपैयाँ तरलता व्यवस्थापनका लागि खर्चेको बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा तरलता व्यवस्थापनका लागि गरिने खर्च गत आवको भन्दा धेरै हुने अनुमान छ । बैंकले गत आर्थिक वर्षको प्रतिवेदन पनि सरकारलाई बुझाइ सकेको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उक्त प्रतिवेदन आइतबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई बुझाएका हुन् । तीन वटा खण्डमा विभाजित उक्त प्रतिवेदनको पहिलो खण्डमा आर्थिक वर्ष २०८१/८२ को समष्टिगत आर्थिक तथा वित्तीय स्थितिलाई समेटिएको छ । दोस्रो खण्डमा बैंकका कामकारबाहीको विवरण र तेस्रो खण्डमा बैंकको गत आर्थिक वर्षको वित्तीय विवरणलाई प्रस्तुत गरिएको छ । वित्तीय विवरणमा गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षणका विवरणलाई समेटिएको छ । २०८२ असार मसान्तसम्मको वित्तीय स्थितिको विवरणअनुसार बैंकको सम्पत्ति तथा दायित्व २०८१ असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भई २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
हात्तीको दाह्रासहित ३ जना पक्राउ
प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला
तराईका ‘खुंखार डाँका’विरुद्ध महोत्तरीमा प्रहरीले गोली चलायो, दुई जना घाइते
महोत्तरीमा बालेनको पुर्ख्यौली घरमा तोडफोड गरिएको भिडिओ, सत्यता के हो?
उखुको न्युनतम खरिद मूल्य तोकियो, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने
सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न