पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख ११, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • मौसम झा पाठक ११ वैशाख, जनकपुरधाम ।
  • त्रिनेत्र न्यूज नेटवर्कद्धारा सँचालित ई–न्यूज ब्यूरोडटकमका कार्यकारी सम्पादक पत्रकार विनय कुमार यादवको निधन भएको छ ।
  • गएराती करिब १ बजेको समयमा जनकपुर–ढल्केवर सडकखण्डमा उनले आफैँ चलाएको मोटरसाईकल दुर्घटनामा परी निधन भएको हो ।

मौसम झा पाठक

११ वैशाख, जनकपुरधाम । त्रिनेत्र न्यूज नेटवर्कद्धारा सँचालित ई–न्यूज ब्यूरोडटकमका कार्यकारी सम्पादक पत्रकार विनय कुमार यादवको निधन भएको छ ।

गएराती करिब १ बजेको समयमा जनकपुर–ढल्केवर सडकखण्डमा उनले आफैँ चलाएको मोटरसाईकल दुर्घटनामा परी निधन भएको हो । ढल्केवरबाट धारापानीतर्फ जाँदै गरेको अवस्थामा उनको दुर्घटना भएको बताईएको छ ।मोटरसाईकलको पछाडी सवार एक जनाको अवस्था गम्भिर रहेको छ । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ ।

गत बर्ष मात्र विवाह गरेका पत्रकार यादव गत बैशाख ४ गते मात्र जन्मदिन मनाएका थिए । गएराती ढल्केवरबाट साथीसँग भेटेर घरतर्फ फर्किदैँ गर्दा मोटरसाईकल अनियन्त्रित भएर पोलमा ठोक्किन जाँदा मृत्यू भएको हो । दुई भाई रहेका यादवको जेठाजु केही महिना अगाडी मात्र विदेशिएका हुन् ।

कार्यकारी सम्पादक विनय यादवको असमायिक निधनप्रति न्यूज ब्यूरो परिवार हार्दिक श्रद्धाञ्जली तथा परिवारप्रति संवेदना प्रकट गर्दै एक दिन शोकमा पेनडाउन गर्ने भएको छ । उनको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको छ । उनको परिवारमा बज्रपात भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?