थाइल्याण्डको लगातार तेस्रो जित, नेदरल्याण्ड्सलाई १७ रनले हरायो

nepaltathya_news nepaltathya_news
|
सोमबार, माघ २१, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २१ माघ,  नेपालमा जारीमा त्रिकोणात्मक महिला टी–२० सिरिजमा थाइल्याण्डले लगातार तेस्रो जित निकालेको छ ।
  • तेस्रो जित निकाल्नेक्रममा थाइल्याण्डले सोमबार नेदरल्याण्ड्सलाई १७ रनले हरायो ।
  •   यस श्रृंखलामा नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्डको यो लगातार दोस्रो जित हो ।

 

२१ माघ,  नेपालमा जारीमा त्रिकोणात्मक महिला टी–२० सिरिजमा थाइल्याण्डले लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा थाइल्याण्डले सोमबार नेदरल्याण्ड्सलाई १७ रनले हरायो ।  यस श्रृंखलामा नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्डको यो लगातार दोस्रो जित हो ।

उसले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ८ विकेटले हराएको थियो ।  आफ्नो चौथो खेलमा थाइल्याण्डले दिएको ८७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रनमा अलआउट भयो । उसका लागि कप्तान बाबेट डे लिडेले २५, आइरिस ज्विलिङले १३ तथा क्यारोलिन डे ल्याङ्गेले १० रन जोडे ।  थाइल्याण्डका लागि ओन्निचा कामचोम्फु र थिपाच्चा पुथावाङले सर्वाधिक तीन/तीन विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको थाइल्याण्ड १९.५ ओभरमा ८६ रनमै अलआउट भयो ।

 

उसका लागि चनिदा सुथिरुङले २७ तथा फन्निता मायाले १२ रन जोडिन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेदरल्याण्ड्सका लागि आइरिस जिविलिङ्ग, इभा लिन्च र सिल्वर सिजर्सले सर्वाधिक दुई/दुई विकेट लिए । यो जितपछि जारी श्रृंखलामा थाइल्याण्डले तीन खेलबाट ६ अंक जोडेको छ । ऊ तालिकाको शीर्ष स्थानमा छ । चार खेलबाट चार अंक जोडेको नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा छ ।अंकविहीन नेपाल भने पुछारमा छ । नेपालले अब चौथो खेलमा मंगलबार थाइल्याण्डसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत
सिन्धुपाल्चोकमा बाढीले २ वटा पुल बगायो, चीनसँगको सडक सम्पर्क विच्छेद
चाँदनीको हत्या घटनामा ६ जनाविरुद्ध मुद्दा
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
२०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने बालेनको घोषणा
एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल
गौतमबुद्ध रङ्गशाला निर्माणमा प्रदेश सरकारले बजेट सुनिश्चितता गर्ने आश्वासन
राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण
जिल्ला प्रशासन कार्यालय पर्सामा तनाव