गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, कार्तिक २७, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • २७ कत्तिक, काठमाडौँ ।
  • ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो लाग्न थालेको भन्दै आक्रोस् पोखेका छन् ।
  • बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका उनले गृहमन्त्री अर्यालको एजेण्डा भनेको चुनावमात्र रहेको भन्दै जेनजीको माग पूरा गर्न कुनै सहयोग नगरेको बताए ।

२७ कत्तिक, काठमाडौँ ।

‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो लाग्न थालेको भन्दै आक्रोस् पोखेका छन् । बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका उनले गृहमन्त्री अर्यालको एजेण्डा भनेको चुनावमात्र रहेको भन्दै जेनजीको माग पूरा गर्न कुनै सहयोग नगरेको बताए । उनले भने,‘बाँकी मन्त्रालयहरुले काम गरिरहेको छ । गृह मन्त्रालयले काम गर्न सकेको छैन् । उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ ।

हाम्रो एजेण्डा भनेको देशलाई न्याय दिने र व्यवस्था परिवर्तनको हो । हालको व्यवस्था र अवस्थामा चुनावमा जान सकिन्छ त ? देशलाई न्याय नभई वा हामीलाई न्याय नभई चुनाव हुनै दिँदैनौँ । उहाँले त जेनजीहरुलाई समातिराख्नु भएको छ । पोलिटिकल पार्टीकाहरुलाई छोएको पनि छैन् । मलाई त कहिलेकहिले उहाँ(गृहमन्त्री) त एमालेको पो हो कि जस्तो लाग्छ ।’ उनले १०–१५ जना फ्याट्ट–फुट्ट छ्टिटा देखिएका जेनजीहरु वडासम्मै समिति बनाएर जान नसक्ने खालको रहेको भन्दै आफूहरुले वडासम्मै समितिहरु बनाइसकेको दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन
घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
दशैँको मुखमा नेप्से २७.३९ अङ्कले घट्यो
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै
आज पनि घट्यो सुनचाँदीको मूल्य
भारतबाट ल्याइँदै गरेको गाईको मासु सहित सर्लाहीमा दुई जना पक्राउ
प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीशद्वय सुवेदी र पाण्डेको इजलासमा
समानुपातिकमा रास्वपाले कटायो १० लाख मत, अरुले कति ल्याए?