घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २१ मंसिर, जिल्ला अदालत, कपिलवस्तुका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेयविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
  • कर्मचारीद्वयले बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
  • मिश्र र पाण्डेयले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गत कसुर भएको अख्तियारको ठहर छ।

 

२१ मंसिर, जिल्ला अदालत, कपिलवस्तुका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेयविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

कर्मचारीद्वयले बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। मिश्र र पाण्डेयले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गत कसुर भएको अख्तियारको ठहर छ।

निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिमको कसुरमा विगो २० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै
मैत्रीपूर्ण फुटबलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल
मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य
धवलशमशेर बने संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक
सामाजिक सञ्जाल सात दिनमा दर्ता नभए निष्क्रिय पारिने
अभिनेत्री दियाले आरोहण गरिन् युरोपको सबैभन्दा अग्लो शिखर
दार्चुलामा जिप दुर्घटना: एकजनाको मृ*त्यु, १० जना घाइते
जनकपुरधाममा २१ जोडीको सामुहिक विवाह
सिरहाको नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू