Nepal No 1 Online News Portals News site -Nepaltathya.com
आइतबार, ६ बैशाख २०८३, ०५ : ३१ : ५० | Apr 19, 2026

सिरहामा इजाजत बिना सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई ७ दिनभित्र कागजात पेश गर्न प्रशासनको निर्देशन

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष २३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २३ पुष, सिरहा ।
  • सिरहा जिल्लामा इजाजत बिना वा स्वीकृत सेवाभन्दा फरक सेवा प्रवाह गर्दै आएका निजी अस्पताल, पोलिक्लिनिक तथा एम्बुलेन्स सञ्चालनकर्तालाई जिल्ला प्रशासन कार्यालय सिरहाले ७ दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ ।
  • जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै जिल्लाभित्र सञ्चालनमा रहेका निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले सम्बन्धित सरकारी निकायबाट प्राप्त इजाजत, स्वीकृतिपत्र, नवीकरण लगायत अन्य आवश्यक कागजातहरू पेश गर्न आग्रह गरेको हो ।

 

२३ पुष, सिरहा ।

सिरहा जिल्लामा इजाजत बिना वा स्वीकृत सेवाभन्दा फरक सेवा प्रवाह गर्दै आएका निजी अस्पताल, पोलिक्लिनिक तथा एम्बुलेन्स सञ्चालनकर्तालाई जिल्ला प्रशासन कार्यालय सिरहाले ७ दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै जिल्लाभित्र सञ्चालनमा रहेका निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले सम्बन्धित सरकारी निकायबाट प्राप्त इजाजत, स्वीकृतिपत्र, नवीकरण लगायत अन्य आवश्यक कागजातहरू पेश गर्न आग्रह गरेको हो ।

सूचनामा उल्लेख भएअनुसार, स्वास्थ्य सेवामा सक्रिय रहेका मेडिकल, अस्पताल, पोलिक्लिनिक तथा एम्बुलेन्स सञ्चालकहरूले इजाजत नलिई वा इजाजत लिएको सेवाभन्दा फरक सेवा सञ्चालन गरिरहेको भन्ने गुनासो तथा जानकारी प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको जनाइएको छ । तर, यस किसिमका सूचनाहरू कागजमै सीमित हुने गरेको भन्दै स्थानीयवासीहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। सिरहाका स्थानीय जनताहरूका अनुसार जिल्ला प्रशासन कार्यालयबाट पटक–पटक यस्ता सूचनाहरू जारी भए पनि व्यवहारमा प्रभावकारी अनुगमन र कारबाही नहुँदा अवस्था जस्ताको तस्तै रहेको छ ।

स्थानीयहरू भन्छन्, ‘धेरै प्रमुख जिल्ला अधिकारी यहाँ आए, तर काम–कारबाही भने कागजमै सीमित भयो। सबै नाटक मात्र गर्न आउँछन्। मधेसलाई कमाइ खाने भाँडो बनाइएको छ ।’ उनीहरूका अनुसार सूचना जारी गरेर जिम्मेवारी पूरा गरेको जस्तो देखाउने तर वास्तविक सुधार नगर्ने प्रवृत्तिले जनविश्वास गुम्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले तोकिएको समयभित्र उपस्थित भई आवश्यक कागजात पेश नगर्ने सेवा प्रदायकहरूमाथि प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको भए पनि यसपटक व्यवहारमै कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने विषयमा स्थानीय स्तरमा शंका व्यक्त भइरहेको छ । उक्त सूचना जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा हस्ताक्षरित भई मिति २०८२/०९/२२ गते जारी गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण
शिक्षकलाई धन्यवाद दिँदै बालेनले भने- हामीले जरिवाना खोजेका होइनौं
कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ, १२ हजार ८५२ अझै फरार
बाजुराको बाम्का बजारमा सिलिन्डर पड्किएर भीषण आगलागी
सिरहाको गोलबजारमा रास्वपा सभापति रवि लामिछानेलाई भव्य स्वागत
भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा
संविधानलाई दोष दिएर गल्ती गर्ने छुट कसैलाई छैन्: देवकोटा
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
मुगुमा मत गणनाको तयारी हुँदै

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...