मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनीयताको शपथ

nepaltathya_news nepaltathya_news
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २५ कात्तिक, काठमाडौं ।
  •   मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
  • राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

२५ कात्तिक, काठमाडौं । 

मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालयको शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरेलसँगै संवैधानिक अङ्गका प्रमुख, उच्च पदस्थ कर्मचारी र कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो ।

सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्दै कर्णलाई नियुक्तिका लागि सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सरकारको सिफारिस अनुसार राष्ट्रपति पौडेलले भण्डारीलाई पदमुक्त गर्दै कर्णलाई मधेश प्रदेशको प्रमुख पदमा नियुक्त गर्नुभएको हो । नियुक्ति लगत्तै उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघको आन्दोलन घोषणा, अनलाइन मिडिया दर्ता खुलाउन माग
झापा–५ : ५ हजार बढी मतान्तरले अघि लागे बालेन
सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु
जनकपुर बोल्ट्सको जितपछि मधेसीमाथि विभेद भएको भन्दै विरोध प्रदर्शन
धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त
काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर
पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, एकको मृ*त्यु
दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पुर्‍याउन १३ सेवा प्रदायक संस्था छनोट
विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा
सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो