जेनजी जनआन्दोलनको जगमा बनेको सरकारलाई इन्टरनेटको महत्व थाहा छ’

nepaltathya_news nepaltathya_news
|
आइतबार, कार्तिक २३, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • २३ कात्तिक, काठमाडौं ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मानिसका लागि इन्टरनेट जीवनको अभिन्न आवश्यकता भएको बताएका छन् ।
  • आइतबार नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्याएको विशेष प्याकेजको शुभारम्भ गर्दै मन्त्री खरेलले जेनजी पुस्ताको आन्दोलन र बदलिँदो प्रविधिक परिवेशले अहिलेको सरकार र नीतिलाई नयाँ दिशातर्फ अघि बढाइरहेको उल्लेख गरे ।

२३ कात्तिक, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मानिसका लागि इन्टरनेट जीवनको अभिन्न आवश्यकता भएको बताएका छन् । आइतबार नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्याएको विशेष प्याकेजको शुभारम्भ गर्दै मन्त्री खरेलले जेनजी पुस्ताको आन्दोलन र बदलिँदो प्रविधिक परिवेशले अहिलेको सरकार र नीतिलाई नयाँ दिशातर्फ अघि बढाइरहेको उल्लेख गरे । उनले भने, ‘देश र जनताको लागि केही नयाँ गर्न सकूँ भन्ने चाहना मनमा सँधै रहन्छ ।

जेनजी जनआन्दोलनको जगमा बनेको यो सरकारलाई थाहा छ अघिल्लो सरकार किन रहन सकेन भनेर । सामाजिक सञ्जाल बन्द भएपछि जसरी देशभर प्रदर्शन भयो, त्यसपछि बनेको सरकार यो हो ।’ सञ्चार क्षेत्रलाई आधुनिक परिवर्तनको मेरुदण्डको रूपमा चित्रण गर्दै मन्त्री खरेलले अबको संसार सञ्चारबिना कल्पना गर्न नसकिने बताए । उनले भने, ‘अबको संसार सञ्चारबिना कल्पना गर्न सकिँदैन । इन्टरनेट अहिले सबैका लागि श्वास फेर्ने जस्तै आवश्यकता बनेको छ । विशेषगरी विद्यार्थीका लागि त यो अत्यावश्यक भइसकेको छ ।’ उनले सरकारले विद्यार्थी र युवा पुस्तालाई लक्षित गरी डिजिटल पहुँच बढाउने तथा इन्टरनेट सेवा सुलभ र सर्वसुलभ बनाउन नीति निर्माणमा प्राथमिकता दिने समेत बताए ।

उनले भने, ‘साच्चिकै भन्ने हो भने सञ्चार क्षेत्रबिना अब बद्लिँदो परिवेश कल्पना गर्नै सक्दैनौं । जेनजी आन्दोलनको जगमा बनेको यो सरकार जेनजीको लागि र  विद्यार्थीको लागि के दिनु हुन्छ त ? आज लाखौं विद्यार्थीहरु जो काठमाडौं लगायतका विभिन्न सहरी क्षेत्रमा अथवा जिल्लास्थित सदरमुकामहरुमा अथवा आफ्नै  घरमा जो जसरी बसिरहेका छन् उनीहरुको लागि इन्टरनेटको सुविधा श्वास फेर्नु सरह छ ।  हामी  जसरी श्वास फेर्छौं त्यस्तै गरेर सबैका लागि त्यो इन्टरनेटको सुविधा श्वास फेर्नु सरह त छँदैछ त्यसमाथि पनि विद्यार्थीको लागि साह्ै महत्वपूर्ण  छ । कार्यक्रममा नेपाल टेलिकमका अधिकारीहरूले विद्यार्थीहरूका लागि नयाँ इन्टरनेट प्याकेजको विवरण प्रस्तुत गर्दै उक्त योजनाले शिक्षामा प्रविधिको प्रयोग र डिजिटल पहुँच विस्तारमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?