दुई अर्ब ६१ करोड राजस्व सङ्कलन

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ २, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   २ जेठ, झापा।
  • आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु दुई अर्ब ६१ करोड ६६ लाख १० हजार राजस्व सङ्कलन गरेको छ ।
  • गत आवको सोही अवधिको तुलनामा यो नौ दशमलव ५६ प्रतिशतले बढी हो ।

 

२ जेठ, झापा।

आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु दुई अर्ब ६१ करोड ६६ लाख १० हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो नौ दशमलव ५६ प्रतिशतले बढी हो । गत आवमारु दुई अर्ब ३८ करोड ८३ लाख ६४ हजार राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले राससलाई जानकारी दिनुभयो । चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य उहाँले सुनाउनुभयो ।

गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको १० महिनाको लक्ष्यको ८३ दशमलव ०३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत काफ्लेले बताउनुभयो । कार्यालयले १० महिनामा आयकरबाट रु एक अर्ब १६ करोड नौ लाख, ब्याजबापत रु आठ करोड ६५ हजार, मूल्य अभिवृद्धि करबापत रु ८६ करोड ५४ लाख ९७ हजार, अन्तःशुल्कबापत रु ४७ करोड ४६ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ । “कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता चुक्ता नगरेका करदाताको बैंक खाता रोक्का, जग्गा पास एवं नामसारी रोक्कालगायत कानुनी कारबाही हुने गरेको छ”, प्रमुख कर अधिकृत काफ्लेले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?