नेपाली सेनाले बरामद ३३ लाख ७० हजार रुपैया,र लुटिएको हतियार

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र २५, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २५ भदौ, काठमाडौं ।
  • नेपाली सेनाले विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्नलाई पक्राउसँगै लुटपाट भएका सामान जफत गरेको छ ।
  • नेपाली सेनाका अनुसार काठमाडौँको गौशाला,चाबहिल,बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार नगद बरामद गरेको छ ।

२५ भदौ, काठमाडौं ।

नेपाली सेनाले विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्नलाई पक्राउसँगै लुटपाट भएका सामान जफत गरेको छ ।
नेपाली सेनाका अनुसार काठमाडौँको गौशाला,चाबहिल,बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार नगद बरामद गरेको छ ।

यस्तै  काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरेको छ ।  साथै २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार भैरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?