३० बिघा जग्गामा गरिएको गाँजा फँडानी

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २१ कात्तिक, बागमती ।
  • प्रहरीले मकवानपुरको विभिन्न स्थानमा ३० बिघाभन्दा बढी जग्गामा लगाएको गाँजाखेती फँडानी गरेको छ ।
  •   नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जिल्लाको उत्तरी भेगमा पर्ने राक्सिराङ गाउँपालिकाको चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाको सातकन्या, खैरेनी, जोइटी र भीमफेदी गाउँपालिकाको भदौरे ज्यार्बुलगायतका स्थानमा स्थानीयहरूले अवैध रूपमा गरेको गाँजाखेती फँडानी गरेको हो ।

२१ कात्तिक, बागमती ।

प्रहरीले मकवानपुरको विभिन्न स्थानमा ३० बिघाभन्दा बढी जग्गामा लगाएको गाँजाखेती फँडानी गरेको छ ।  नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जिल्लाको उत्तरी भेगमा पर्ने राक्सिराङ गाउँपालिकाको चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाको सातकन्या, खैरेनी, जोइटी र भीमफेदी गाउँपालिकाको भदौरे ज्यार्बुलगायतका स्थानमा स्थानीयहरूले अवैध रूपमा गरेको गाँजाखेती फँडानी गरेको हो ।

स्थानीयले अवैध रूपमा गाँजाखेती गरेको गोप्य सूचनाका आधारमा यही कात्तिक १७ देखि २० गतेसम्म खटिएको संयुक्त टोलीले ३० बिगाहा १० कट्ठामा लगाइएको गाँजाखेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।  गाँजाखेती भएको अन्य स्थानमा पनि अभियान सञ्चालन गरिने उनले बताए । मकवानपुरको पहाडी भेगमा बर्सेनि गाँजाखेती हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक
हृदयघातबाट बच्न छाेड्नै पर्छ यी ५ बानी
शिक्षा विधेयक सके सहमतिमा नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म पुर्‍याऊँ : सुमना श्रेष्ठ
अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट
भारतिय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी, वानखेडे स्टेडियममा मेस्सीको भव्य स्वागत
कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ: नेता चौधरी
युरेसियन महिला फोरममा भाग लिन उपसभामुख राना रूस प्रस्थान
नेपालगञ्‍ज पुगे प्रचण्ड, अनेमसंघको सम्मेलनमा भाग लिन बर्दिया जाँदै