युरेसियन महिला फोरममा भाग लिन उपसभामुख राना रूस प्रस्थान
सारांश
- १ असोज, काठमाडौँ ।
- उपसभामुख इन्दिरा रानामगर सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी रूस प्रस्थान गरेकी छन् ।
- कार्यक्रम असोज २ देखि ४ गतेसम्म हुँदैछ ।
१ असोज, काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी रूस प्रस्थान गरेकी छन् । कार्यक्रम असोज २ देखि ४ गतेसम्म हुँदैछ ।
उपसभामुख राना दुबई, रुस राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्ने तालिका रहेको उनको निजी सचिवालयले जनाएको छ । रूसी महासंघ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उनले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम छ । उपसभामुखको निजी सचिवालयका अनुसार उनले असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।![]()
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया