सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ ६, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ६ जेठ, काठमाडौँ ।
  •   गृहमन्त्री रमेश लेखकले सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताउनुभएको छ ।
  • उहाँले पारदर्शिता र पारदर्शितामार्फत सुशासन कायम गर्न पनि सूचनाको हक आवश्यक रहेको धारणा राख्नुभयो ।

६ जेठ, काठमाडौँ । 

गृहमन्त्री रमेश लेखकले सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताउनुभएको छ । उहाँले पारदर्शिता र पारदर्शितामार्फत सुशासन कायम गर्न पनि सूचनाको हक आवश्यक रहेको धारणा राख्नुभयो । राष्ट्रिय सूचना आयोगले आज यहाँ आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँग अन्तक्र्रिया कार्यक्रमलाई उहाँले संविधानमा सूचनाको हकलाई मौलिक हकका रुपमा राखिएको बताउनुभयो ।

“सूचना दिने हाम्रो कर्तव्य हो, सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो, सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने छैन”, उहाँले भन्नुभयो, “कतिपय सूचना गोपनीयतासँग जोडिएका हुन्छन्, ती सूचना दिन जरुरी हुदैन, शान्ति सुरक्षा र मुलुकको प्रतिरक्षासँग जोडिए सूचना हुन्छन्, वैदेशिक सम्बन्ध र कूटनीतिक सम्बन्धसँग जोडिएका हुन्छन्, अब ती सूचना पारदर्शिताका नाममा, सुशासनका नाममा सारा सूचना दिइ छाड्ने हो भने पनि मुलुकलाई थितिमा बसाउँदैन ।”

उहाँले मुलुकको प्रतिरक्षासँग जोडिएकाले पारदर्शिता, सुशासनको नाममा सबै सूचना दिँदा मुलुक थितिमा बस्न नसक्ने बताउनुभयो । “संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी हुन्छ, सूचना नलुकाइकन दिन पनि आग्रह गर्दछु”, मन्त्री लेखकले भन्नुभयो, “गोपनीयतासँग जोडिएका सूचना दिन जरुरी हुँदैन, सूचना लुकाउनुपर्ने भए गोपनीयताको यस कारण दिन सकिएन भन्ने कुरा स्पष्ट लेखेर दिनुपर्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंका यी स्थानमा हुनेछ आज ४ घन्टासम्म विद्युत अवरूद्ध
सर्लाहीमा एक युवकलाई अमानवीय ढंगले कुटपिट, एक जना पक्राउ
राजावादीका लागि सर्वाधिक अनुकूल समय आयो : कमल थापा
रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?
नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो
अमेरिकामा भीषण आँधी, कम्तीमा २७ जनाको मृ*त्यु
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता