विद्युतको तार सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, कार्तिक ७, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ७ कात्तिक, हेटौंडा ।
  • मकवानपुरको ईन्द्रसरोवरस्थित सुकौराको एक घरमा विद्युतको तार सर्ट भएर घरमा आगलागी हुँदा १३ लाख मूल्य बराबरको क्षति भएको छ ।
  •   तिहारको टीका दिन अर्थात बिहीबार अपरान्ह ईन्द्रसरोवर गाउँपालिका–२ सुकौराका सोमलाल गोलेको घरमा विद्युतको तार सर्ट भएर आगलागी भएको थियो ।

७ कात्तिक, हेटौंडा ।

मकवानपुरको ईन्द्रसरोवरस्थित सुकौराको एक घरमा विद्युतको तार सर्ट भएर घरमा आगलागी हुँदा १३ लाख मूल्य बराबरको क्षति भएको छ ।  तिहारको टीका दिन अर्थात बिहीबार अपरान्ह ईन्द्रसरोवर गाउँपालिका–२ सुकौराका सोमलाल गोलेको घरमा विद्युतको तार सर्ट भएर आगलागी भएको थियो ।

ढुङ्गा माटोको गारो र ढुङ्गाकै छाना भएको २ तले कच्ची घरमा विद्युतको तार सर्ट भएर आगलागी हुँदा २ लाख रुपैयाँ, २ तोला सुन, ४ तोला चाँदी, टिभी, अन्नपात, भाँडाकुडा, कपडा र खाँट जलेर खरानी भएको थियो । आगलागीबाट करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?