केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन

nepaltathya_news nepaltathya_news
|
शनिबार, बैशाख २०, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २० वैशाख, काठमाण्डौ – भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको घटना छानबिनका लागि विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले अनुसन्धान समिति गठन गरेको छ ।
  • भारतीय सञ्चारमाध्यमका अनुसार समितिलाई १० दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन समय तोकिएको छ ।
  • यसैबीच नेपालको परराष्ट्र मन्त्रालयले घटनाको सम्बन्धमा स्वतन्त्र एवम् निष्पक्ष अनुसन्धान गर्न तथा सबै नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूतिको लागि आवश्यक समन्वय भइरहेको जनाएको छ ।

 

२० वैशाख, काठमाण्डौ –

भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको घटना छानबिनका लागि विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले अनुसन्धान समिति गठन गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार समितिलाई १० दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन समय तोकिएको छ । यसैबीच नेपालको परराष्ट्र मन्त्रालयले घटनाको सम्बन्धमा स्वतन्त्र एवम् निष्पक्ष अनुसन्धान गर्न तथा सबै नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूतिको लागि आवश्यक समन्वय भइरहेको जनाएको छ ।

यस्तै नेपाली राजदूतावास नयाँ दिल्लीले भारतको विदेश मन्त्रालय, उडिसा सरकारका सम्बन्धित निकायहरू, शैक्षिक संस्थाका प्रतिनिधिहरूलगायत अन्य सरोकारवाला निकायहरूसँग निरन्तर सम्पर्क एवम् समन्वय गरिरहेको पनि मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । यस्तै भारतीय विदेश मन्त्रालयले विदेशी विद्यार्थीको सुरक्षा, हितमा सरकार गम्भीर भएको र यसका लागि ओडिसा राज्य सरकारसँग समन्वय भइरहेको जनाएको छ । मन्त्रालयले निकालेको विज्ञप्तिमा यस दुःखद् घटनाका सम्बन्धमा स्वतन्त्र एवम् निष्पक्ष अनुसन्धान गर्न तथा सबै नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि आवश्यक समन्वय भइरहेको उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?