हुलास स्टिलले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन ३१, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ३१ असोज, काठमाडौं।
  • हुलास स्टिल उद्योगले बिजुलीको बक्यौताबाफतको पहिलो किस्ताको रकम तिरेको छ ।
  • हुलास स्टिल इन्डिस्ट्रिज प्रालिले ५० लाख ४३ हजार रुपैयाँ तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

३१ असोज, काठमाडौं।

हुलास स्टिल उद्योगले बिजुलीको बक्यौताबाफतको पहिलो किस्ताको रकम तिरेको छ । हुलास स्टिल इन्डिस्ट्रिज प्रालिले ५० लाख ४३ हजार रुपैयाँ तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सिमरा वितरण केन्द्र अन्तर्गतको ग्राहक रहेको हुलासले २०७२ साल माघ महिनादेखि २०७५ वैशाख महिनासम्म प्रयोग गरेको बिजुलीको बक्यौता १४ करोड १२ लाख ५ हजार रुपैयाँ थियो । उसले सो रकम तिर्न २८ किस्ताको सुविधा लिएको थियो ।त्यसमध्ये पहिलो किस्ताको रकम तिरेको हो । ‘हुलास स्टिलले बक्यौता रकम तिरेको यो पहिलोपटक हो,’ प्राधिकरण स्रोतले भन्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?