Nepal No 1 Online News Portals News site -Nepaltathya.com
आइतबार, ६ बैशाख २०८३, ०५ : ४५ : ३२ | Apr 19, 2026

अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन

nepaltathya_news nepaltathya_news
|
शनिबार, माघ २४, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २४ माघ, काठमाडौं ।
  • अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रुकुम पश्चिम र जाजरकोट जिल्लाको निर्वाचन तयारीको स्थलगत अनुगमन गरेका छन् ।
  • आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रम अन्तर्गत अर्थमन्त्री खनालले हिजो (शुक्रबार) दुवै जिल्लाको भ्रमण गरेका हुन् ।

 

२४ माघ, काठमाडौं ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रुकुम पश्चिम र जाजरकोट जिल्लाको निर्वाचन तयारीको स्थलगत अनुगमन गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रम अन्तर्गत अर्थमन्त्री खनालले हिजो (शुक्रबार) दुवै जिल्लाको भ्रमण गरेका हुन् । भ्रमणका क्रममा उनले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका थिए । रुकुम पश्चिममा भएको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी गराउँदै २१ वटा मतदान स्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको बताए । त्यस अवसरमा अर्थम न्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल के.सीसँग छलफल गर्दै हालसम्मको निर्वाचन तयारीबारे जानकारी लिएका थिए ।

 

त्यसैगरी जाजरकोट जिल्लाको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको र १६ वटा मतदान केन्द्रलाई अति संवेदनशीलमा वर्गीकरण गरिएको जानकारी अर्थमन्त्रीलाई गराएका थिए । अर्थमन्त्रीले खनालले जिल्ला निर्वाचन कार्यालयको स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलसँग निर्वाचन तयारीको अवस्थाबारे छलफल गरेका थिए । दुवै जिल्लाको अनुगमनपछि अर्थमन्त्री खनालले निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको, स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण बनेको र आम मतदाताले भयरहित रूपमा निर्वाचनमा सहभागी हुन सक्ने अवस्था रहेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो, संरक्षण गरौं : बालेन
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १५ जना पक्राउ
अमरेश सिंहले ५ जिल्ला बाहेक अरु जिल्ला विदेशीलाई दिउ भनेपछि संसद्‍मा हंगामा
राष्ट्रपति पौडेलसँग प्रचण्डको भेटवार्ता
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
कैदीबन्दीलाई सिपको आधारमा कैद मिनाहा हुन्छ : गृहमन्त्री लामिछाने
काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संकलन ग¥यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व
महिला न्यायाधीशहरू न्याय प्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...