मधेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरिन् आह्वान

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन २८, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २८ असोज, काठमाडौं ।
  • मधेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।
  • मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

२८ असोज, काठमाडौं ।

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।  नयाँ सरकार गठनका लागि भोलि बुधबार अपरान्ह ४ बजेसम्म दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्‍याएर दाबी पेश गर्न आह्वान गरिएको छ ।

१०७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ । मधेश प्रदेश सभामा का‌ंग्रेसको २२, नेकपा एमालेको २५, जनता समाजवादी पार्टी, नेपालको १९, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ९, नेकपा माओवादी केन्द्रको ९, एकीकृत समाजवादी पार्टीका ७, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको एक/एक गरी १०७ जना सदस्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?