जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन २८, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • २८ असोज, काठमाडौं ।
  • गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।
  • मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा जाने क्रममा देउवा सार्वजनिक भएका हुन् ।

२८ असोज, काठमाडौं ।

गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा जाने क्रममा देउवा सार्वजनिक भएका हुन् । बुढानीलकण्ठस्थित आन्दोलनकारीको कुटपिटमा परेका देउवा आजभन्दा अघि सार्वजनिक रुपमा देखिएका थिएनन् ।

नेपाली सेनाले बुढानीलकण्ठबाट उनीसहित पत्नी आरजु राणा देउवालाई उद्धार गरेर लगेको थियो । पटकपटक नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्धार गर्न खोजिए पनि असम्भव भएको थियो । पछि सेनाले स्थलमार्गबार्ट उनीहरूलाई अस्पताल लगेको थियो । सुरक्षाको कारण देखाउँदै देउवाको उपचार कहाँ गरिएको भन्ने खुलाइएको थिएन । टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको पछि पत्रकार सम्मेलनमार्फत कांग्रेस नेता मीन विश्वकर्माले जानकारी गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जागिरको प्रलोभन देखाउँदै नर्ससंग यौन प्रस्ताव
आँधीका कारण फिलिपिन्समा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो
मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी पोखरेलमाथि कारबाहीको तयारी
विवाह गर्ने उपयुक्त समय र विधि के हो ?
राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको असहमति
सरकारलाई प्रभु साहको प्रश्न : के को आधारमा नागरिकले कर तिर्ने ?
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
मध्यराति कारमा ६८ लाख बोकेर कहाँ जाँदै थिए चार युवा ?
श्रम गन्तव्य मुलुकहरूमा अवस्था सामान्य बन्दैछ, उडानमा सहजीकरण गरिरहेका छौं : मन्त्रालय
बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छ – विनोद चौधरी