माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • २३ असोज, काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।
  • बिहीबार सामाजिक सञ्जालमार्फत शाहीले देश बनाउन माग गरेका अभियन्ताहरूलाई पक्राउ गरिएको बताए ।

२३ असोज, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत शाहीले देश बनाउन माग गरेका अभियन्ताहरूलाई पक्राउ गरिएको बताए । बिहीबार काठमाडौंको माइतीघरमा आन्दोलन गर्न पुगेका निकोलस भुसालसहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

“माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल सरकारले रिहा गर्नुपर्छ । उनीहरूको माग भनेको ८४ को चुनाव ८२ मा गर्नका लागि होइन, यो देश बनाउनका लागि हो,” उनले फेसबुकमा भनेका छन् । देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द, भ्रष्टाचारीलाई हदैसम्म कारबाही गर्न, नेपाली झन्डामुनि बसेर राष्ट्रिय एकता कायम गर्नका लागि उनीहरू सहिद भएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतविरुद्ध ४०० किलोमिटरसम्म हान्न सक्ने फतेह मिसाइल तैनाथ
ज्येष्ठ नागरिकको रकम लुट्ने चारजना भारतीय पक्राउ
लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त
४२ लाखको लागूऔषध सहित नेपाली युवक भारतमा पक्राउ
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
पावरप्लेमा बिना कुनै विकेटको क्षतिमा कर्णालीले बनायो ५१ रन
काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा