लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, श्रावण २, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • २ साउन, सुर्खेत ।
  • जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधको कारोबारीको खोजी गर्दा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार अभियुक्त लागूऔषध र अत्याधुनिक हतियारसहित सुर्खेतमा पक्राउ परेका छन् ।
  •  प्रहरीले बिहीबार राती लागूऔषधको कारोबार भइरहेको सूचना आधारमा वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र उनका सहयोगी २२ वर्षीय आदित्य घिमिरेलाई पक्राउ गरेको हो ।

२ साउन, सुर्खेत ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधको कारोबारीको खोजी गर्दा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार अभियुक्त लागूऔषध र अत्याधुनिक हतियारसहित सुर्खेतमा पक्राउ परेका छन् । प्रहरीले बिहीबार राती लागूऔषधको कारोबार भइरहेको सूचना आधारमा वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र उनका सहयोगी २२ वर्षीय आदित्य घिमिरेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शाही २०७८ सालमा नीरज श्रेष्ठलाई खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेका थिए । उनी लामो समयदेखि फरार रहेको प्रहरीको भनाई छ । सोही घटनाका अन्य तीन जना पक्राउ परे पनि शाही फरार रहँदै आएका थिए । प्रहरीका अनुसार, शाहीले फरार रहँदा नै लागूऔषधको ठूलो सञ्जाल चलाइरहेका थिए । स्थानीयको सूचनाको आधारमा प्रहरीले वीरेन्द्रनगर–८ स्थित कृष्ण मन्दिर नजिकैको एक घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुधीरराज शाहीले बताए ।

‘उनीहरूको साथबाट प्रहरीले एक थान सेमी–अटोमेटिक चाइनिज पेस्तोल, दुई थान म्यागजिन, १२ राउन्ड गोली, चार थान खुकुरी, दुई थान चक्कु, एक थान बन्चरो र एक थान स्टिल स्टिक बरामद गरेको छ,’ उनले भने,‘घरेलु हतियारहरू उनीहरूले आफ्नो सुरक्षामा प्रयोग गर्ने र पेस्तोल अरूलाई धम्क्याउन प्रयोग गर्ने गरेका थिए ।’ उनीहरू हतियारका साथै, १४ सय २६ ट्याब्लेट ट्रामाडोल र नाइट्राजेपाम जस्ता लागूऔषध र प्रतिबन्धित वन्यजन्तु जरायोको सिङ एक थान पनि बरामद भएको प्रहरी प्रमुख शाहीले बताए । पक्राउ परेका दुवै जनालाई लागूऔषध, हतियार तथा खरखजाना र वन्यजन्तुसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस कार्यालयमा शिक्षकहरूको धर्ना
सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारबाही हुन्छ : गृहमन्त्री
तोलामा २ हजार ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
भरतपुर क्यान्सर अस्पतालको २५औं वार्षिकोत्सव, राष्ट्रपति पौडेल चितवन आउँदै
विद्युतको तार सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति
राजावादीको आन्दोलन अर्थहिन रहेको सभापति देउवाको भनाइ
बिदाको समयमा शिक्षक तालिम दिने निर्णय फिर्ता
कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन
विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड
प्रधानमन्त्री भेट्न बालुवाटार पुगे केपी ओली