मंसिरमा नियमित नभए विशेष महाधिवेशन विकल्प हो : विश्वप्रकाश शर्मा

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन २३, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २३ असोज, काठमाडौं ।
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।
  • बिहीबार पदाधिकारी बैठकमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले मंसिरभित्र महाधिवेशन गर्न नसकेको खण्डमा विशेष महाधिवेशन विकल्प भएको बताए ।

२३ असोज, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार पदाधिकारी बैठकमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले मंसिरभित्र महाधिवेशन गर्न नसकेको खण्डमा विशेष महाधिवेशन विकल्प भएको बताए । उनले भने, ‘नियमित महाधिवेशन मंसिर मसान्तभित्रै गर्न सकिन्छ । यसले सभापतिज्यूको बहिर्गमनलाई पनि सहज बनाउनेछ ।’ तर, महाधिवेशन तयारीका लागि रातदिन खट्न सक्ने नेतृत्व आवश्यक रहेको भन्दै कार्यवाहकले त्यो गर्ने अथवा अरू कोही सिनियर नेताले संयोजन गर्ने भन्ने टुंगो गर्नु उचित हुने उनको भनाइ थियो ।

नियमित महाधिवेशन गर्दा विधानमा संशोधन गरेर सबै तहमा व्यापक युवा सहभागिता बढाउन सकिने उनको तर्क थियो । ‘छोटो समयमा नियमित महाधिवेशन गर्न सकिन्न भन्ने हो भने, विशेष अधिवेशन गर्नुपर्ने हुन्छ,’ उनले भने । विशेष महाधिवेशनका लागि ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको उनको भनाइ थियो । तर ‘केन्द्रीय समितिले चाहेमा’ विशेष महाधिवेशन बोलाउन मिल्ने प्रावधानअनुरूप बोलाउनु उपयुक्त हुने उनको तर्क थियो । २१ फागुनमा चुनाव गर्न सरकारलाई साथ र दबाब दिएर अघि बढ्नुपर्ने भन्दै शर्माले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर कार्यसम्पादन समितिको बैठकबाट गरिएको बताए । उनले भने, ‘अदालतले यसको संवैधानिक परीक्षण के गर्छ, त्यो नै अन्तिम हुनेछ । तर मेरो दृष्टिमा सबै राजनीतिक दलले चुनावमार्फत प्रणालीलाई ट्र्याकमा ल्याउने बाटो रोज्नु उत्तम हुनेछ ।’ केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको तयारी सँगसँगै निर्वाचनमा जाने निर्णय गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण कोरियाली सेनाको लडाकु विमानबाट गल्तीले ८ बम खसे, ७ जना घाइते
आधा किलो बढी सुन र ३ किलो चाँदीसहित काठमाडौंबाट एक भारतीय पक्राउ
नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने
जेन जेडको एउटा समूह वृहत् भर्चुअल बैठकमा
यस्तो छ तपाइको आजको राशिफल
मोहना नदीले बगायो सशस्त्रको बीओपी भवन
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश
गृहमन्त्री अर्याल बाजुरामा, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत पारिने
स्वास्थ्यमन्त्री गौतमद्वारा भेरी अस्पतालको अनुगमन
मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा