भरतपुरमा दुर्घटना : सडकमै पल्टियो जिप, किचिएर स्कुटर चालकको मृत्यु

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १२ वैशाख, काठमाडौं ।
  • चितवनको भरतपुरको महानगरपालिका–७ स्थित प्रेमबस्ती चोकमा भएको दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ ।
  • भरतपुरतर्फ आउँदै रहेको ना ५ च २६४४ नम्बरको जिपले सोही दिशाबाट आउँदै गरेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

 

१२ वैशाख, काठमाडौं ।

चितवनको भरतपुरको महानगरपालिका–७ स्थित प्रेमबस्ती चोकमा भएको दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । भरतपुरतर्फ आउँदै रहेको ना ५ च २६४४ नम्बरको जिपले सोही दिशाबाट आउँदै गरेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर भरतपुर–६ इन्द्रपुरी बस्ने वर्ष ५२ की लक्ष्मी वाग्लेको घटनास्थलमै मृत्यु भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए । दुर्घटनापछि जिप सडकमै पल्टिएको थियो । पल्टिएको उक्त बोलेरोले स्कुटरमा सवार महिलालाई समेत किचेको थियो । सो क्रममा महिलाको निधन भएको प्रहरीले जनाएको छ । जिप चालक भने प्रहरी नियन्त्रणमा छन् ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ