जनकपुरबाट आजपाका २३ कार्यकर्ता पक्राउ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, माघ ११, २०८०
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ११ माघ, जनकपुरधाम ।
  • बन्द गराउँदै हिँड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का २३ जना नेता-कार्यकर्तालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ ।
  • जनकपुरको रामानन्दचोकबाट २३ जना नेता-कार्यकर्तालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

११ माघ, जनकपुरधाम । बन्द गराउँदै हिँड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का २३ जना नेता-कार्यकर्तालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरको रामानन्दचोकबाट २३ जना नेता-कार्यकर्तालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।  आज बिहान आजपाका नेता कार्यकर्ताले प्रदर्शन गर्दै यातायात बन्द गराउँदै हिँडेपछि उनीहरुलाई पक्राउ गरेको डिएसपी अवाले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । राष्टिय सभा निर्वाचनलाई लक्षित गरी आजपाले आज मधेश बन्द आह्वान गरेको छ। बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले आज एक दिन मधेश बन्द घोषणा गरेको हो । यधपी आजपको बन्दको आंशिक प्रभाव मात्र परेको छ । राष्टिय सभा निर्वाचनको मतदान जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न श्रम तथा यातायात मन्त्री यादवको निर्देशन
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनयन
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
हामी फेरि उठ्ने छौं’ भन्दै कांग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर
‘दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८१’ बिहीबारदेखि
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
झिनो अंकले बढ्यो सेयर बजार, घट्यो कारोवार
अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालन
गृह मन्त्रालयले गर्‍यो १० अधिकारीहरुको सरुवा