बझाङमा ट्याक्टर दु*र्घटना, २ जनाको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २० कात्तिक, धनगढी ।
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ ।
  • थालारा गाउँपालिका-२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१-००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२० कात्तिक, धनगढी ।

बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ । थालारा गाउँपालिका-२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१-००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले थलारा-२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनकाअनुसार ट्याक्टर चालक कैलालीकाे गोदावरी नगरपालिका–४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन् । उनको छाती र बाँया खुट्टामा गम्भीर चोट लागेको छ । चाैधरीकाे जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?