राजदेवी मन्दिरमा १४ हजार ९ सय ३ बोकाको बलि प्रदान

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन १५, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • १५ असोज, जनकपुर ।
  • जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ९ सय ३ वटा बोकाको बलि प्रदान भएको छ ।
  • हिजो राति महापूजा पश्चात सुरु भएको बोकाबली कार्यक्रम बिहान ३ बजेर ५५ मिनेटमा समाप्त भएको थियो ।

१५ असोज, जनकपुर ।

जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ९ सय ३ वटा बोकाको बलि प्रदान भएको छ ।हिजो राति महापूजा पश्चात सुरु भएको बोकाबली कार्यक्रम बिहान ३ बजेर ५५ मिनेटमा समाप्त भएको थियो । बोकाबलीका लागि चारवटा ठेहा राखिएको थियो । यस वर्ष पनि नेपालका विभिन्न भागबाट भाकल पूरा भएकाहरु बोका चढाउन आएका थिए । भारतको सीमावर्ती क्षेत्रहरुबाट पनि श्रद्धालुभक्तजनहरु बोका चढाउन आएका थिए ।

अष्टमीको राती राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।बलि दिन युवा कमिटीहरूले संयुक्त रूपमा उल्लेखनीय सङ्ख्यामा स्वयंसेवक परिचालन गरेका थिए । जनकपुरधाम गुठी संस्थानले यस वर्ष बलि प्रदानका लागि प्रतिबोका ३ सय रुपैयाँका दरले लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वित्तीय विवरणको असर सेयर बजारमा, घट्यो नेप्से
कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु
उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी
राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी
ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित
बागमती प्रदेशका मुख्यमन्त्री लामाले पाए विश्वासको पत, पक्षमा ६४ मत
प्रधानमन्त्री ओली र ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हलमै गर्नुपर्ने