सुदूरपश्चिमलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन

nepaltathya_news nepaltathya_news
|
शनिबार, माघ १२, २०८१
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • १२ माघ, काठमाडौं ।
  • धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिमलाई नौ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
  • सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएपले १२.

१२ माघ, काठमाडौं ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिमलाई नौ विकेटले पराजित गर्दै उपाधि जितेको हो। सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएपले १२.५ ‌ओभरमा एक विकेट गुमाएर सजिलै पूरा गरेको छ। एपीएफका लागि ममता चौधरीले ४३ र इन्दु बर्माले १८ रन बनाइन्।  सुदूरपश्चिमका लागि कुनै पनि बलरले विकेट लिन सकेनन्।

एपीएफकी प्रारम्भिक ब्याटर राजमती धामी रन आउट भएकी थिइन्। यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले १८.१ ओभरमा सबै विकेट गुमाएर ६७ रन बनाएको थियो। सुदूरपश्चिमका लागि मनिषा बोहराले १८ र विन्दु रावलले १७ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

एपीएफका लागि कविता जोशीले तीन, शवनम राई र इन्दु बर्माले दुई-दुई तथा करुणा भण्डारीले एक विकेट लिइन्। उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाएको छ। त्यस्तै, उपविजेता सुदूरपश्चिमले तीन लाख रुपैयाँ नगद पुरस्कार पाएको छ। प्रतियोगितामा नौ टोलीले प्रतिस्पर्धा गरेका थिए। सातै प्रदेशका सात र दुई वटा विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब सहभागी थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?