फिलिपिन्समा शक्तिशाली भूकम्प : ६९ जनाको मृ*त्यु
सारांश
- १५ असोज, काठमाडौँ ।
- फिलिपिन्समा मंगलबार राति गएको भूकम्पमा कम्तीमा ६९ जनाको मृत्यु भएको छ ।
- भवन भत्किएर पुरिँदा धेरै जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
१५ असोज, काठमाडौँ ।
फिलिपिन्समा मंगलबार राति गएको भूकम्पमा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । भवन भत्किएर पुरिँदा धेरै जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । मनिला टाइम्सका अनुसार फिलिपिन्सको सेबू प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

त्यस्तै भूकम्पमा परी सयौँ घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार भूकम्पछि ६ सयभन्दा बढी पराकम्प गएका छन् । सेबु प्रान्तीय सरकारले पूरै प्रान्तमा आपत्काल घोषणा गरेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया