वागमती प्रदेशमा लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान
सारांश
- ३१ साउन, काठमाडौं ।
- वागमती प्रदेशमा गाई तथा भैँसीमा तीव्र रूपमा फैलिरहेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले भदौ १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ।
- कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा हुने यस अभियानअन्तर्गत ११९ वटा स्थानीय तहमा करिब १ लाख २० हजार डोज निःशुल्क खोप वितरण गरिनेछ।
३१ साउन, काठमाडौं ।
वागमती प्रदेशमा गाई तथा भैँसीमा तीव्र रूपमा फैलिरहेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले भदौ १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा हुने यस अभियानअन्तर्गत ११९ वटा स्थानीय तहमा करिब १ लाख २० हजार डोज निःशुल्क खोप वितरण गरिनेछ। मन्त्रालयका अनुसार खोप सुरक्षित र प्रभावकारी छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया