भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन १४, २०८२
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • १४ असोज, रौतहट ।
  • रौतहट प्रहरीले एक ट्रक भन्सार छलेर ल्याइएको सामानसहित चालकलाई पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार साँझ गस्ती गर्दै जाने क्रममा बौधिमाई नगरपालिका–५ हनुमान मन्दिरबाट ना.

१४ असोज, रौतहट ।

रौतहट प्रहरीले एक ट्रक भन्सार छलेर ल्याइएको सामानसहित चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार साँझ गस्ती गर्दै जाने क्रममा बौधिमाई नगरपालिका–५ हनुमान मन्दिरबाट ना.६ ख. ५६२ नम्बरको ट्रक कोप्वा बजारतर्फबाट मौलापुर तर्फ जाँदै गरेको अवस्थामा बरामद गरेको हो ।

ट्रक चालक, ट्रक र ट्रकमा लोड रहेको कफीको दाना, गुल, सेन्ट अतर, पान मसला, युरिया मल, सुर्ती, बिडी, हुका, लगायतको सामग्री बरामद गरिएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । चाडपर्वको समयमा भन्सार छलेर ल्याइएको सामानसहित बरामद गरेको ट्रकलाई रौतहट प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको उनले बताए । उनका अनुसार ट्रक चालक धादिङको गल्छी गाउँपालिका–६ का ३० वर्षीय विनय लामालाई पक्राउ गरिएको हो । भन्सार चलान गरिएको ट्रक र सामान सहितको मूल्य ४७ लाख २८ हजार ६ सय ६६ रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?