सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र २७, २०८१
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •   २७ चैत, काठमाडौं ।
  • सरकारले बोलाएको वार्तामा बस्न शिक्षक महासंघले तीन सर्त अघि सारेको छ ।
  • अहिलेको अवस्थामा संसदको वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश मार्फत् शिक्षा ऐन जारी गर्नुपर्ने सर्त महासंघले राखेको हो ।

 

२७ चैत, काठमाडौं ।

सरकारले बोलाएको वार्तामा बस्न शिक्षक महासंघले तीन सर्त अघि सारेको छ । अहिलेको अवस्थामा संसदको वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश मार्फत् शिक्षा ऐन जारी गर्नुपर्ने सर्त महासंघले राखेको हो । अन्यथा वार्तामा बस्नुको औचित्य नहुने महासंघले जनाएको छ ।

शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै आम शैक्षिक हड्ताल आह्वान गरेर काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका शिक्षकहरुलाई मंगलबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति मार्फत् वार्तामा बोलाएको थियो । महासंघले पनि विज्ञप्तिमार्फत् नै जवाफ फर्काउँदै अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य नभएको जनाएको छ ।

अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘विगतका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषदको निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा शीघ्रातीशीघ्र निर्णय लिँदै ऐन जारी गर्नका लागि माथि प्रस्तावित विकल्पबारे स्पष्टताका साथ पहल भएमा वार्ताको विश्वसनीय वातावरण निर्माण हुने भएकाले त्यस्तो अवस्थामा मात्र महासंघ वार्तामा बस्न सक्ने कुरा स्पष्ट गर्दै विज्ञप्ति मार्फत् आह्वान भएको अहिलेको वार्तामा बस्नुको कुनै औचित्य नरहेको समेत प्रष्ट्याउन चाहान्छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली क्रिकेटर आरिफले गरे विवाह, आसिफले आज लगनगाँठाे कस्दै
ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि
प्रधानमन्त्रीको एक साता लामो स्पेन भ्रमण स्वीकृत
सभामुख घिमिरेद्वार एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई
बुटवल पावर कम्पनीको एफपीओ निष्काशन प्रक्रिया रद्द
छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द
रौतहटबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरकोमा दुर्घटना, १० जना घाइते
खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट
मध्यराति दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले किन निकालेको थियो विज्ञप्ति ?
विराटनगरमा आज रथयात्रा, तीन जिल्लामा सार्वजनिक विदा