एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आषाढ ३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ३ असार, काठमाडौ ।
  • राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।
  • नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो ।

३ असार, काठमाडौ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो । ‘शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो ।

दुई दिन आउजाउमा समय गयो । परीक्षण ढिला सुरु भयो । अब नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन,’ परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले भने । अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको उनले बताए । ‘बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम गरिरहेका छौँ । केही ठाउँमा परीक्षण भइरहेको छ । सबै परीक्षण सकेपछि इन्ट्री र रुजु गरेर त्रुटी नहुने गरी नतिजा सार्वजनिक गर्छौं,’ उनले भने । एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
हुरीले घर भत्कँदा एक जनाको मृत्यु
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा
सिंहदरबारबाट प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको घोषणा,
गृह मन्त्रालयको भर्चुअल बैठक : निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन
सरकारले आन्दोलनमा अवरोध गरे प्रतिकार हुन्छ, हातमा दही जमाएर बस्दैनौँ – लिङ्देन
दुई महिनाभित्र पशु कल्याण ऐन ल्याउने कृषि मन्त्री अधिकारीको प्रतिवद्धता
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा