पत्रकार रजकको घरमा प्रेस सेन्टर : परिवारको मागप्रति ऐक्यबद्धता

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र २१, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   २१ चैत, काठमाडौं ।
  • प्रेस सेन्टर नेपालले तीनकुनेमा भएको राजावादी प्रदर्शनको क्रममा आगजनीमा परेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारसँग भेट गरेको छ ।
  • घरमा पुगेर सेन्टरका पदाधिकारीहरूले रजक प्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

 

२१ चैत, काठमाडौं ।

प्रेस सेन्टर नेपालले तीनकुनेमा भएको राजावादी प्रदर्शनको क्रममा आगजनीमा परेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारसँग भेट गरेको छ । घरमा पुगेर सेन्टरका पदाधिकारीहरूले रजक प्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

सेन्टरका नवनिर्वाचित अध्यक्ष कमल गिरीको नेतृत्वमा निवर्तमान महासचिव सन्तोष पौडेल र नवनिर्वाचित महासचिव मनोज घर्तीमगर सहितको टोली बिहीबार रजकको घरमा पुगेको हो । त्यसक्रममा अध्यक्ष गिरीले रजकको मृत्यु नभएर हत्या भएको बताउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने आफूहरू पनि माग रहेको बताए ।

 

रिपोर्टिङको क्रममै ज्यान गएकोले रजकलाई शहीद घोषणा गर्नुपर्ने र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने परिवारजनको माग छ । अध्यक्ष गिरीले आफूहरू परिवारजनको साथमा रहेको र रजकको न्यायका लागि संगठनको ऐक्यबद्धता रहने बताए । सेन्टरले रजकको परिवारलाई १० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारमा पठाउने भन्दै एक करोड बढि ठग्ने चार जना पक्राउ
जनकपुरको अपराजित यात्रामा पूर्णविराम, सुदूरपश्चिमविरुद्ध लज्जास्पद हार
सञ्चारमन्त्री खरेल दक्षिण कोरिया भ्रमणमा जाने
यस्तो छ तपाइको आजको राशिफल
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
अल्पकालीन ब्याजदर बढाउन ४० अर्बको निक्षेप संकलन, राष्ट्र बैंकमा ४ खर्ब थुप्रियो
नवनिर्वाचित २७४ सांसदको शपथग्रहण आज
निःशुल्क तीन दिने हाडजोर्नी, नशा र फिजियोथेरापी शिविरमा ३१० जनालाई सेवा
नेपालले अमेरिकाविरुद्धको टी-२० शृङ्खलामा क्लिन स्वीप गर्यो 
रोशी खोलाले बगाएको डाइभर्सन मर्मत, बिपी राजमार्गमा यातायात सञ्चालन