रास्वपा बैठकमा आज बालेन-कुलमान नबस्ने

nepaltathya_news nepaltathya_news
|
आइतबार, पौष २०, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २० पुष, काठमाडौँ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता लगत्तै उत्पन्न भएको असमझदारी समाधानउन्मूख बनेको छ ।
  • रास्वपा सभापति रवि लामिछाने, उपसभापति कुलमान घिसिङ र वरिष्ठ नेता बालेन्द्र साहबीचको छलफल तथा तीनै पक्षका नेताहरू सम्मिलित अनौपचारिक कार्यदलको बैठकबाट विवाद समाधानको सूत्र पहिल्याइएको हो ।

२० पुष, काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता लगत्तै उत्पन्न भएको असमझदारी समाधानउन्मूख बनेको छ ।

रास्वपा सभापति रवि लामिछाने, उपसभापति कुलमान घिसिङ र वरिष्ठ नेता बालेन्द्र साहबीचको छलफल तथा तीनै पक्षका नेताहरू सम्मिलित अनौपचारिक कार्यदलको बैठकबाट विवाद समाधानको सूत्र पहिल्याइएको हो । हतारमा गरिएको एकतापश्चात समानुपातिकको बन्द सूचीदेखि प्रत्यक्ष निर्वाचन र केन्द्रीय कमिटीमा पाउने हिस्सा लगायतका विषयमा कुलमान असन्तुष्ट बनेका थिए । विवाद समाधानका लागि हिजो रवि, बालेन र कुलमानबीच भएको छलफल सकारात्मक भएको बुझिएको छ । रास्वपा र उज्यालो नेपाल दुवैतर्फका स्रोतहरूले यसको पुष्टि गरेका छन् । तीनै पक्षका नेताहरू सम्मिलित अनौपचारिक कार्यदलको बैठकले पार्टी समायोजनका विषयमा सहमतिको प्रस्ताव तयार गरेको छ ।

कार्यदलमा रहेका उज्यालो नेपालका एक नेताले करिब-करिब सबै विषयमा सहमति जुटेको बताए । पार्टीको केन्द्रीय समितिदेखि तल्लो तहसम्म समायोजनको खाका बनिसकेको उनको भनाइ छ । ती नेताको दाबी अनुसार समानुपातिक उम्मेदवारको बन्द सूचीमा उज्यालो नेपालका थप ४ जना समावेश गर्ने कार्यदलमा सहमति भएको छ । प्रत्यक्ष निर्वाचनतर्फ पनि उज्यालो नेपालले आफूहरूको हिस्सेदारी सुनिश्चित गर्न माग गरेको छ । कार्यदलको बैठकमा अब एउटै पार्टी भइसकेकाले कसैलाई काखा र कसैलाई पाखा नगरीकन जित्ने उम्मेदवारको खोजी गर्ने समझदारी बनेको बुझिएको छ । स्रोतका अनुसार कार्यदलमा उज्यालो नेपालले रास्वपाको सबै संरचनामा ३० प्रतिशत हिस्सा माग गरेको थियो । रास्वपाको केन्द्रीय कमिटीमा कम्तीमा १५ जना उज्यालो नेपालबाट समेट्ने सहमति कार्यदलमा जुटेको दाबी गरिएको छ ।

आज रास्वपाको सचिवालय बैठक र त्यसपछि केन्द्रीय समिति बैठकमा कार्यदलले जुटाएको सहमतिबारे छलफल हुने छ । आजको बैठकमा बालेन र कुलमान भने सहभागी हुने छैनन् ।एकताको सहमति भइसके पनि बालेन र कुलमानलाई औपचारिक कार्यक्रम गरेर पार्टीमा स्वागत गरिएको छैन । दुवै नेताहरू अहिलेसम्म रास्वपा कार्यालय गएका छैनन् । सैद्धान्तिक विषयमा पनि कार्यदलले सहमति जुटाएको रास्वपा नेताहरूको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री राणा हङकङबाट स्वदेश फिर्ता
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु
शिक्षा विधेयक सके सहमतिमा नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म पुर्‍याऊँ : सुमना श्रेष्ठ
गरुडाका १० निजी अस्पताल नियमविपरीत सञ्चालन, बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत
दक्षिण कोरियामा भीषण डढेलो, २८ जनाको मृत्यु
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
पहिलो ओभरमै पाकिस्तानको विकेट लिए गुल्सन झाले
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त
यस वर्षको विपद्ः २० लाख नागरिक प्रभावित हुने अनुमान