तालिम केन्द्र छेउमा प्रहरी जवान मृ*त फेला

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन ५, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ५ असोज, रूपन्देही ।
  • नेपाल प्रहरीका एक जना जवानले प्रहरी तालिम केन्द्रकै छेउमै आत्महत्या गरेको अवस्थामा भेटिएका छन् ।
  • बाँकेको राप्तीसोनारी गाउँपालिका ३ स्थायी घर भएका २४ वर्षीय श्याम चौधरी बुटवलस्थित प्रहरी तालिम केन्द्रको छेवैमा रहेको रुखमा झण्डिएर आत्महत्या गरेका हुन्।

५ असोज, रूपन्देही ।

नेपाल प्रहरीका एक जना जवानले प्रहरी तालिम केन्द्रकै छेउमै आत्महत्या गरेको अवस्थामा भेटिएका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका ३ स्थायी घर भएका २४ वर्षीय श्याम चौधरी बुटवलस्थित प्रहरी तालिम केन्द्रको छेवैमा रहेको रुखमा झण्डिएर आत्महत्या गरेका हुन्। उनका छिमेकी समेत रहेका राप्ती सोनारी गाउँपालिका ३ का वडाध्यक्ष मिनकुमार चौधरीले शुक्रबार राति तालिम केन्द्र नजिकै झुन्डिएको अवस्थामा भेटिएको र शनिबार घरमा ल्याएर आइतबार दाहसंस्कार गरिएको नेपाल प्रेसलाई बताए ।

उनका अनुसार सामान्य परिवारमा रहेका श्याम तीन भाईमध्ये माइलो हुन् बुवाआमा र दाजुभाई गाउँमै मजदुरी गर्दछन् । गाउँलेका अनुसार श्यामको पहिले कोहलपुरको एक युवतीसँग प्रेम सम्बन्ध थियो पछि उनलाई जानकारी नै नदिई अर्को युवतीसँग पनि प्रेम सम्बन्ध राखेका कारण दुवै पक्षबाट तनावमा थिए । यो विषय स्थानीयबाट आफूले पनि सुनेको वडाध्यक्ष मिनकुमार चौधरीले जनाए । शुक्रबार ड्युटीमा रहेका उनी कार्यरत प्रदेश प्रहरी तालिम केन्द्रको उत्तर पूर्वी कुनामा रहेको बहुउद्देश्यीय भवनको पछाडिको भागमा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्।

चौधरी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। सोही प्रहरी तालिम केन्द्रमै आधारभूत तालिम लिएका चौधरीको तालिम सकिएपछि प्रहरी तालिम केन्द्रमै प्रशिक्षकको रूपमा दरबन्दी कायम भएको थियो। शुक्रवार तालिम केन्द्रमै रात्रिकालीन ड्युटी गरेका चौधरी शनिवार बिहान तालिम केन्द्रकै खेलमैदानको छेवैमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। कति वेला आत्महत्या गरे भन्ने यकिन भएन तर ड्युटि सकिएपछि बिहान पख तन्नाको पासो बनाएर झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै
कोरियाका लागि १ लाख ४३ हजार भन्दा बढीको आवेदन
सिंहदरबार कसैको निजी सम्पत्ति होइन्, भित्र छिर्न पाउनुपर्छ: हमाल
आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन
एनपीएलमा आज दुई खेल हुँदै
आजको मौसम पूर्वानुमान : देशका अधिकांश भागमा बदली हुने
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
देशभर मनसुनी वायुको प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
अख्तियार प्रमुख राईको खुलासा : भ्रष्टाचारीले विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले चाहेन