एनपीएल च्याम्पियन जनकपुरको ४ दिने ‘ट्रफी परेड’

nepaltathya_news nepaltathya_news
|
बिहिबार, पौष ११, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ११ पुस,  जनकपुर- नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन टोली जनकपुर बोल्ट्सले जनकपुरमा ‘ट्रफी परेड’ गर्ने भएको छ ।
  • बिहीबार आफ्नो सामजिक सञ्जालमार्फत जनकपुरले ट्रफी परेडबारे जानकारी दिएको हो ।
  • उक्त परेड ४ दिनसम्म चल्नेछ ।

 

११ पुस,  जनकपुर- नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन टोली जनकपुर बोल्ट्सले जनकपुरमा ‘ट्रफी परेड’ गर्ने भएको छ । बिहीबार आफ्नो सामजिक सञ्जालमार्फत जनकपुरले ट्रफी परेडबारे जानकारी दिएको हो । उक्त परेड ४ दिनसम्म चल्नेछ ।

शुक्रबारदेखि सुरु हुने परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ । दोस्रो दिन शनिबार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ । तेस्रो दिन आइतबार बारा र पर्सामा परेड गरिनेछ । चौथो दिन सोमबार सिराहा र सप्तरीमा ट्रफी परेड गरिनेछ ।गत शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले ट्रफी उचालेको थियो ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?