धरान उपमहानगर: २ अर्बको बजेट सिलिङ पारित, भोलि बोलाइयो नगरसभा

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ३ असोज, विराटनगर ।
  • विवादका कारण तोकिएको समयमा बजेट आउन नकसकेको धरान उप महानगरपालिकाममा बजेट आउने निश्चित भएको छ ।
  • कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट पास गरेसँगै बजेट आउने निश्चित भएको हो ।

३ असोज, विराटनगर ।

विवादका कारण तोकिएको समयमा बजेट आउन नकसकेको धरान उप महानगरपालिकाममा बजेट आउने निश्चित भएको छ ।
कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट पास गरेसँगै बजेट आउने निश्चित भएको हो । कार्यपालिकाबाट बजेट पास भएसँगै शनिबार नगर सभा डाकिएको छ ।, यसअघि भदौ २६ मा नगरसभा गर्ने निर्णय भएको थियो । भदौ २३ र २४ गते भएको आन्दोलनका कारण नगरसभा हुन सकेको थिएन ।

 

संविधान अनुसार असार १० गतेभित्र नगरसभा गरेर बजेट पारित गरिसक्नुपर्ने भएपनि धरानमा भने अझै बजेट आउन सकेको छैन । बजेट पास नहुँदा धरानमा बजेट होलिड छ । बजेट होलिडेका कारण धरानमा कर्मचारीहरुले साउन र भदौ महिनाको तलब पाउन सकेको छैन भने नगरको आर्थिक गतिविधिहरु ठप्प बनेको छ । धरान उप महानगरमा रहेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले २ अर्ब २० करोड ७४ लाख ५९ हजारको सिलिङ कार्यपालिकामा पेस गरेको थियो । सो सिलिङमा एमालेको असहमति हुँदाहुँदै पनि मेयर हर्क साम्पाङले अल्पमतबाटै पारित गरेको दाबी गरेका थिए । विवादपछि पूँजिगत खर्च २० प्रतिशतले घटाउने सहमतिपछि १ अर्ब ९८ करोड रुपैयाँको बजेट पास भएको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?