पेस्तोलसहित ४ भारतीय नागरिक पक्राउ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, माघ १०, २०८१
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •   कञ्चनपुर : भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ परेका छन्।
  • जिल्ला प्रहरी कार्यालयले भारतीय युके ०६ एआर ०८४६ नम्बरको कारलाई गएराति जाँच गर्दा पेस्तोल फेला पारेको हो ।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले कारको चालकको सिटको पछाडिको भागमा पेस्तोल राखेको फेला परेको जानकारी दिए ।

 

कञ्चनपुरभीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले भारतीय युके ०६ एआर ०८४६ नम्बरको कारलाई गएराति जाँच गर्दा पेस्तोल फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले कारको चालकको सिटको पछाडिको भागमा पेस्तोल राखेको फेला परेको जानकारी दिए । पेस्तोल फेला परेपछि कारमा रहेका भारतीय नागरिक सञ्जय जेठी,कोमल विष्ट, जीवन सिंह र उमेद सिंह अधिकारी पक्राउ परेका हुन्। उनीहरुलाई पक्राउ गरी अनुसन्धानको कार्य अगाडि बढाइएको प्रहरीको भनाई छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?