महोत्तरीमा विद्यालय गएका १३ वर्षीय बालक ४ दिनदेखि बेपत्ता

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र २२, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • २२ भदौ, जलेश्वर ।
  • महोत्तरीको बर्दिवासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक चार दिनदेखि बेपत्ता छन् ।
  • बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर पढ्न विद्यालय गएकामा उनी अहिलेसम्म घर फर्केर नआएको निजका काका प्रमोद पासवानले बताए ।

२२ भदौ, जलेश्वर ।

महोत्तरीको बर्दिवासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक चार दिनदेखि बेपत्ता छन् । बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर पढ्न विद्यालय गएकामा उनी अहिलेसम्म घर फर्केर नआएको निजका काका प्रमोद पासवानले बताए ।

गौतम बेपत्ता भएपछि परिवारजनले प्रहरी चौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन् । इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रकाश बमले पीडित परिवारले प्रहरी चौकीमा बालक खोजतलासका लागि दिएको निवेदनपछि तुरुन्तै सक्रिय भएको प्रहरी टोलीले बालक गौतमको खोजतलास गरिरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक प्रहरीले धम्की दिएको बालेनको सचिवालयको दाबी
५८औं दिन पनि संसद्‍मा रास्वपा र राप्रपाको अवरोध
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको असहयोग
भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग
सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो
बँदेल मार्न थापेको धरापमा परेर महिलाको मृत्यु, २ जना पक्राउ
शोरुमबाट नयाँ गाडी चोरेर भागेका मन्तोष पेट्रोल सकिएपछि समातिए
सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?
प्रधानमन्त्रीलाई गगनको चेतावनी- उत्तेजक अभिव्यक्ति नदिनू