प्राधिकरणका अन्य कर्मचारीहरु भने सहभागी थिए । नेपालमा जेनजीको आन्दोलन हुनुअघि नै शाक्य शुरुमा फ्रान्स र उतैबाट दक्षिण कोरिया भ्रमणमा गएको प्राधिकरण स्रोतले जनाएको छ ।विगतका सरकारहरूले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्दा सुरूमा शाक्यलाई हटाएर घिसिङलाई नियुक्त गर्ने, पछि घिसिङलाई हटाएर शाक्यलाई बनाएका थिए । विगतका दुई प्रतिस्पर्धीमध्ये एक घिसिङ अहिले मन्त्री बनेपछि उनीहरूबीचको भावी सम्बन्धबारे चर्चा भइरहेको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रहेका घिसिङलाई हटाएर गत चैतमा शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो ।

त्यसअघि २०७८ सालमा तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले शाक्यलाई हटाएर घिसिङलाई कार्यकारी निर्देशकमा पुन: नियुक्ति गरेको थियो । घिसिङलाई कार्यकारी निर्देशकबाट सरकारले बर्खास्त गरेको पाँच महिनामै उनी मन्त्री बनेर सिंहदरबार छिर्ने अवसर पाएका छन् । घिसिङ देशलाई १८ घण्टा लोडसेडिङ मुक्त गराएर चर्चामा आएका थिए । तत्कालीन ऊर्जामन्त्री दिपक खड्कासँग ट्रंक र डेडिकेडेड लाइनको विद्युत महसुल बिल उठाउने विषयमा विवाद देखिएको थियो । यो विवाद लामो समय चलेपछि २०८१ चैत ११ गते मन्त्रिपरिषद्को बैठकले हटाउने निर्णय गरेको थियो । अहिले घिसिङ मन्त्रीको पदभार ग्रहण गरेलगत्तै पहिलो निर्णयका रूपमा उद्योगहरूसँग बाँकी बक्यौता उठाउन निर्देशन दिएको बताएका छन् ।



प्रतिक्रिया