इमेज टीभीको न्युजरुमबाट बिदा लिएर बाहिरिए सञ्चारमन्त्री खरेल
सारांश
- ६ असोज, काठमाडौं ।
- सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त गरिएको सञ्चारकर्मी जगदीश खरेलले इमेज टेलिभिजनबाट बिदा लिएका छन् ।
- मन्त्रीको पद तथा गोपनीयताको शपथमा सहभागी हुनुअघि सोमबार टेलिभिजन पुगेर उनले बिदा लिएका हुन् ।
६ असोज, काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त गरिएको सञ्चारकर्मी जगदीश खरेलले इमेज टेलिभिजनबाट बिदा लिएका छन् । मन्त्रीको पद तथा गोपनीयताको शपथमा सहभागी हुनुअघि सोमबार टेलिभिजन पुगेर उनले बिदा लिएका हुन् ।

इमेज टेलिभिजनका समाचार प्रमुख रहेका खरेललाई ‘जेनजी’को प्रदर्शनपछि बनेको अन्तरिम सरकारमा आइतबार (असोज ५) सञ्चारमन्त्रीमा नियुक्त गरिएको हो । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले उनलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया